मुख्यमन्त्रीका दाबेदार ललितजंगलाई हराउँदै स्वतन्त्रका देवेन्द्र विजयी

सुर्खेत । कर्णालीका मुख्यमन्त्रीका दाबेदार समेत रहेका ललितजंग शाहीलाई स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही विजयी भएका छन्। जुम्ला प्रदेश सभा–१ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार नेपालीका कांग्रेसका शाहीलाई १ हजार ८९९ मतले हराउँदै देवेन्द्रबहादुर विजयी भएका हुन्।

जम्मा खसेको मत मध्ये २४ हजार ६४५ मत गणना गर्दा देवन्द्रबहादुरले ९ हजार ६५४ मतसहित विजयी भएका हुन्। ललितजंगले ७ हजार ७५५ मत मात्रै पाएका छन्।

यस्तै, नेकपा एमालेका धिरेन्द्रबहादुर गिरीले ५ हजार ४६० र नेपाल मजदुर किसान पार्टीका राजेश्वर देवकोटाले ६९४ मत पाएका छन्। शाही नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति समेत हुन्। देवेन्द्रबहादुरले कांग्रेसकाबाट टिकट नपाएपछि शाही विरुद्ध उम्मेदवारी दिएका थिए।

प्रदेश सभापति शाहीलाई माओवादी र एकीकृत समाजवादीको साथ थियो। तर, आन्तरिक रुपमा गठबन्धनभित्र विचलन आएकाले स्वतन्त्र उम्मेदवार शाही हावी भएका हुन्।

उनी ०७४ मा कांग्रेसबाट प्रतिनिधि सभा चुनाव लडेका थिए। माओवादीका गजेन्द्र महतसँग पराजित भएका उनी कांग्रेसभित्र संस्थापन इत्तर पक्षधर नेता मानिन्छन्।

तपाईको प्रतिक्रिया