अन्तत…त्यो भेटले समितालाई निम्ताएको यो जोखिम!

यो कस्तो प्रेम हो तिम्रो? आकर्षण! भनौं भने के वषौँसम्म एकोहोरो आकर्षण रहिरहन्छ? प्रेम हो भनौं उ एक पतिव्रता श्रीमतीको श्रीमान हो? एक आज्ञाकारी छोरा/छोरी को बुवा हो। के उ अब एक निष्ठावान प्रेमी बन्न सक्ला त? सक्दैन भने उ नै किन अगाडी बढ्यो सम्बन्ध बढाउने कुरामा? उसले वर्षौदेखि पाइराखेको खुसी, किन तिमीसँग साट्न तयार भयो? के उसले पाएको कुरामा सन्तुष्ट छैन? यदी छैन भने वर्षौँदेखि किन परिवारसँग रमाइरहेको छ?

अनि उसले तिमीलाई कुन खुसी दिन खोजीरहेको छ? तिम्रो नजरमा परेको पक्कै हो। तर, दूरी बढाउने कुरामा तिमीहरु दुबैले केही त सोच्नु पर्छ होला नि हैन्? किन केही नखोलि तिमीमा समर्पीत हुन् चाह्यो उ? तिमीले उसलाई पाउँदा किन दुनियाँ बिर्सियौ? तिमीलाई त थाहा थियो कि उ कोहो? के हो? भन्ने बारेमा।

र पनि किन तिम्रो मनले उसलाई आफ्नो मान्यो? उ सागको फेसबुकको दूरीले दुवैमा केही उमङ्ग ल्यायता पनि यो खुसी क्षणिकका लागि हो भनि तिमिले बुझ्नु पर्ने कुरा हो नी हैन र? किन समय बिताउन तयार भयौ? किन उ बाट खुसीको अपेक्षा गरौ तिमीले? के लाग्छ तिमीलाई के उसले आज झै भोली पनि माया गर्छ?

आज झै तिम्रो हात समाईदिन्छ त सधैँ भरि? तिमीलाई बन्द कोठामा श्रीमती भनसक्नेले भोली दुनियाँसामु मेरी कान्छी श्रीमती भनेर चिनाउने आँट राख्छ त उसले? अनि तिमीले पनि त श्रीमान भन्दै समर्पित भयौ होला? भोली दुनियाँसामु आफु भन्दा डबल उमेरको मान्छेसँग। त्यसमापनि कसैको श्रीमान, कसैको बाबालाई श्रीमान भनेर समाजसामु उभिन सक्छौँ त ??? समितालाई मेरा केही प्रश्नहरू थिएँ। सुनाएँ।

उनी लामो सास फेछिन् र मलाई अंगालो हालेर केही छिन् चुप बस्छिन्। सुकसुक रोएको आवाज मेरो कानमा पर्न जान्छ। मैले आफु भित्र फुटेका रिसका ज्वारभाटालाई नियन्त्रणमा लिएर उसलाई अँगालोबाट छुटाएर आफ्नो अगाडि राख्ने प्रयास गरे। समिताको अनुहारमा रिस, राग, लाज, घृणा, आवेग छर्लङ्ग देखिएको थियो। मैले उनलाई सम्झाउने प्रयास गरे।

म : के भएको थियो त्यो रात मलाई भन समिता?
समिता : त्यस्तो केही पनि होईन्।
म : त्यस्तो केही पनि होईन मतलब? तिमीले भन्न खोजेको के?
समिता : मैले सफलसँग रात बिताए दिदी……….!!!
म : किन?
समिताः थाहा छैन् ।
म : किन थाहा छैन्? माया गर्छौ हो?
समिता : गर्छु दिदी……
म : के लाग्छ तिमीलाई? सफल ले तिमीलाई माया गर्छ? हेर समिता सफल कसैको श्रीमान हो। कसैको बाबा हो। यस्तो नचाहिने कुरा नगर।

समिता : त्यो मलाई पनि थाहा छ दिदी तर म केही समय सफलसँग बिताउन चाहन्छु।

म : समय बिताउनु, माया गर्नु, मन पराउनु। आकर्षण हुनु यी सबैको परिभाषा फरक छ समिता यदी सफलसँग समय बिताउने तिम्रो योजना हो भने तिमीले त्यसलाई प्रेमको नाम दिन मिल्दैन बुझ्यौं?

छोडिदेऊ यि सब कुरा अनि भन के भएको थियो सफलसँग कसरी पुगेऊ त्यहाँसम्म अनि के छ? त्यसपछिको तिमीहरुको सम्बन्ध?

सुरू गर्छिन् उनको प्रेम कथा

समिता : म प्रेमको भोकमा भोकाएको थिएँ। मलाई प्रेमले भोक मेट्नु थियो। म यस्तो प्रेमको खोजीमा थिएँ। उसको प्रेम अरूको भन्दा फरक होस्। उसको प्रेममा मलाई चरम सुख मिलोस्। उसको प्रेममा म सदा हराउन सकु। उ पनी मलाई पाउँदा खुसीहुँदै भनोस्। किन भेटिन ढिला गरेकी लाटी हो।

यस्तै प्रेमको भोक लागिरहेको थियो मलाई। म प्रेमको भोकले छट्पटाई रहेको थिएँ। मिठो आहारा बनेर कोही आयो मेरो जीवनमा। अब मलाई उसको प्रेममा रमाउन मन भयो। उसको हात समाउने प्रयास गर्न मन आत्तियो। आँखालाई भारी हुन्जेल उसलाई हेर्न मन भयो। मनले थकाई महसुस नगर्दासम्म उसलाई माया गर्न मन भयो। ओठहरू नथाक्दासम्म उसलाई चुम्न मन भयो। उसलाई मेरो मायाँको आभाष गराउन मन भयो। उसको मायाको महसुस गर्न मन भयो मलाई।

जो मेरो नजिकहुँदै थियो। जसले मलाई समय दिन खोज्दै थियो। जसले मलाई आफ्नो नजिक राख्न खोजिरहेको थियो। साच्चै, कोही पाएको महसुस भएको थिया। मेरो कोही छ जस्तो महसुसहुँदा छुट्टै संसारका हराएकी थिएँ। मलाई कसैले नजिकबाट निहालेर हेरिरहेको आभाष भइरहेको थियो। म नितान्त उसको हुँ यस्तो सोच्दै थियो मनले।

हामी कसरी सामाजिक सञ्जालमा जोडियाैँ हामी दुवैलाई थाहा छैन्। तर, मैले उहाँको हरेक क्रियाकलाप देखिरहेको हुन्थे। उहाँलाई झट्ट देख्दा नै उहाँ मेरो नजरमा परिसक्नु भएको थियो। अनि मैले उहाँको प्रोफाइल खोलेर हेरे मेरो आँखा उहाँको कभर फोटामा गाएर अडियो उहाँको कभर फोटामा आफ्नो स–परिवारको फोटो थियो। त्यसपछि मैले पुन प्रोफाइल नखोल्ने मनशायमा डाटा बन्द गरेर बसेँ। मन उथलपुथल भएको थियो। केही पाएर गुमाएको महसुस भएको थियो। जसो–तसो ३ दिन वास्ता गरिन्। तेस्रो दिन् फेरी उहाँको प्रोफाइल खोली हाले आज भने फेसबुकको दृश्यमा लेखिएका कुराहरु पनि हेरे उहाँको घर बर्दियामा मै रहेछ।

फेसबुकमा ११ जना मिल्ने साथीहरु पनि देखे सबैको प्रोफाइल एक एक गरी हेरे ७–८ जना त आफन्त नै हुनुहुन्थ्यो। आफ्नै ठाउँको भनेपछि झन् नजिकको लाग्यो। करिब १ महिना अगाडि यहीँ फेवातालमा खिचिएको तस्बिर देखे झन् नजिकको महसुस भयो। यहीँ फोटोको भरमा नै बोल्ने प्रयास गरें र कापिरहेका हातहरूलाई सम्हाल्दै लेखिदिएँ।

नमस्ते सर ! ३ घण्टा बितिसक्दा पनि म्यासेज को केही प्रतिक्रिया नआएपछि निराश मनसहित निदाउन पुगे।

बिहान करिब ८ बजेको हुँदो हो। घामको न्यानो किरणहरू कोठामा पसिसकेका थिए। हतार–हतार उठेर फ्रेश हुदै सिंगो पोखरालाई निहाल्दै थिएा। हिँजोको कुरा झसङ्ग याद आयो कोठामा पसेर हतपत नेट खोलिहाले। लगातार ३ ओटा म्यासेज नोटिफिकेसन बज्यो मन यसै चङ्गा भएको थियो। म्यासेज हेरे सफलको रहेछ।

सफल : नमस्ते हजूर, शुभ बिहानी माफ गर्नुस् हैँ। हिजो म्यासेज आएको थाहा नै पाएन।
म : केही छैन सर
सफल : सञ्चै हुनुहुन्छ? (उहाँको यस्तो म्यासेजले मलाई अच्मित बनायो। उहाँ कोही परिचितसँग बोलेको जसरी बोल्दै हुनुहुन्थ्यो।)
म : सञ्चै छ अनि हजूर नी? अनि मलाई चिन्नु हुन्छ सर?
सफल : चिन्छु नी समिता होइन र तिमी?

(उहाँको यो म्यासेजले म तरंगित भएको थियो। मन हलुका भएको थियो। आँखाले विश्राम पाएका थिए)
म : उम्म हो। अनि कता हुनुहुन्छ सर?

सफल : म बर्दियामा छु अनि तिमी नी?

म : म त पोखरामा छु सर यतै पढ्छु।

सफल : हुन्छ, पोखरा तिर आएपछि भेटौला नि। आफ्नो ख्याल गर्नु पछि बोल्छु है त।
म : हुन्छ सर। म हजुरको म्यासेज को आशामा छु।

—यसो भन्दै मेरो दैनिकी सुरू भयो। अरु दिन भन्दा केही खास लागे जस्तो, सफलको म्यासेज कुर्दा–कुर्दा दिन बिताउन थाले। दिनमा एकचोटि म्यासेजमा कुरा हुन थाल्यो। हामी यसरी फेसबुकमा बोल्न थालेको नि ३ महिना बितेछ। त्यो तीन महिना मैले कुनै कुराको अभाव भोग्न परेन। कुनै तनाव लिन परेन, आर्थिक ,पारिवारिक, शारीरिक र मानसिक सबैकुराबाट टाडा राखिदिनु भएको थियो उहाँले। अन्तत….. हाम्रो भेट भयो।

तपाईको प्रतिक्रिया