नारीले आफ्नो जीवन जिउन किन् लिनुपर्ने अनुमति ?

सृष्टिकर्ता नारीमाथि दमन किन् ? ममताकी खानी हो नारी। उसकै प्रेम अमन किन् समाज पुरुषवादी समाजमा जति सोझो, जति संस्कारी, जति निहुरिएको मात्र पनि किन् नहोस। झन् निहुरिने बनाउने यो समाजले नारीको टाउकाको मूल्य तोकेको हुन्छ। पुरुषलाई जे गर्न पनि छुट दिने समाजको वुद्धी किन् तुहिएको होला।

यस्ता तुहिएका सोच गरेका प्राणीहरू पनि मान्छे हुन्छर जसलाई आफू को हुँ भन्ने चेतना छैन्। तिमी मान्छे हौँ भनी बुझाउनु पर्ने यो कस्तो विडम्बना हो।

मान्छे कहिले कहिले यसरी हराउँछ कि आँखा अगाडि भएको चीज पनि धमिलो देख्न थाल्छ। हतारिन्छन् कहाँ कता गयो। कसरी, कसले लाग्यो यो सोच्नु भन्दा पनि म कहाँ हराइरहेको छु आफूलाई सही मार्गदर्शन गर्न नसक्नु पनि कमजोरी हो।

घटना आँखा अगाडि घट्छन् तर कसरी अनायसै घट्न पुग्छ पत्तो हुँदैन। तर, पनि मानिस आफूलाई महान सम्झन्छ। गल्ती ,भूल जानेर मात्र हुँदैन्।

कहिलेकाही अनायसै पनि गल्ती हुन्छन् र घटनाहरू घटना पनि सक्छन्।

त्यस्तै, भूल स्वभाविक हो। जानीनजानी सबैबाट हुन्छ। मैले भूल गर्दिन भन्नु मूर्खता हो। कतिपय कुरामा आफ्नो गल्ती पनि पत्ता लगाउन सकिँदैन्।

कहिलेकाहीँ मौनतालाई पनि आफै बयान हुन दिनु पर्छ। अतः शब्दहरू सधैं गलत नै बनिदिन्छन्। कतिपय कुरामा बोलिरहनु भन्दा चुप बस्नु पनि बेस हुन्छ। समाजमा घटिरहेका घटनाहरू कति घत लाग्दा हुन्छन् जसलाई नियालेर हेर्दा पनि आँशु आइहाल्छ।

कसैको बाँच्ने अधिकार कसैले कसरी खोस्न सक्छन् ,हाम्रो घैंटोमा घाम कहिलेसम्म लाग्छ रु मानिस सबै एउटै होइन र फेरि नारीलाई तल किन् पार्न बाध्य बनाउँछ यो समाजले?

नारीका हकहितको बारेमा बोल्न संविधान चाहिएको छैन् यहाँ नारीलाई कसरी माया सम्मान र बलियो देखाउने भन्ने कुराको संस्कार सिकाउन जरुरी छ। दाइले भाउजुलाई गर्ने व्यवहार, आमालाई बाले गरेको व्यवहार देखेर नै छोरीहरू तल पर्न सिकेका हुन। किन् हामीले शीर ठाडो पारेर हिड्नु हुन्न र?

हामी सबै मान्छे होइनौँ र? नारी सधैं सारीमै सीमित कहिलेसम्म हुन्छौं अझै? टाउको बचाएर राख्नु पर्ने कहिलेसम्म हो हामीले? हामी किन् सुरक्षित छैनौं? हामी कहिलेसम्म अरूको लागि बाँच्छौं?

हिजो भर्खर मात्र सामाजिक सञ्जालमा भाइरल भएको कर्णालीको सुर्खेत पञ्चपुरीमा घटेको घटना कस्तो कहाली लाग्दो छ जसलाई नियालेर डराइरहेका नारीको भित्री आवाज कसले सुन्छ।

गल्ती नै भए कानुन र कानुन के का लागि बनेको हो। कानुन तोड्ने अधिकार कसैलाई र जसले श्रीमतीको टाउको काटेर पोलोथिनमा राखेर खुलेआम बाटोमा हिँड्न सक्यो।

कसैको दमन ,कसैको हिंसा र कसैको दबाब सहन तयार बस्नुपर्ने हामी कहिलेसम्म तयार रहनु पर्छ होला। घटनालाई देखेर नारीको मन मस्तिष्क अझै कमजोर बनाउने यो समाजमा विवेकको बजार कहिले लाग्छ होला जसमा हामी सबै मान्छे हौ भन्ने दिन कहिलेसम्म आउँछ होला।

समाजमा घटिरहेका घटानहरुप्रती पुरुषहरूले प्रेरित भएर कहिलेसम्म नारी दमन गरिरहन्छन् होला। यो संसार नारी बिना चलाएर देखाउन सक्छौं नालायक हरु होइन भने किन् दमन? किन् हिंसा? किन् अत्याचार गर्छौ।

नारी दमन गर्नेहरूलाई सारी, चुरा, पोते र पेटीकोट उपहार दिन मन लाग्छ मलाई किनकि एउटी ममताकी खानी, सृष्टिकर्ता माथि गरिने यो अभन्द्र व्यवहार देखेर मन खिन्न हुन्छ मन रुन्छ र आँखा रसाउँछन्।

छोरी भएर जन्मनु पाप हो भन्छौ भने तिम्लाई त्यही छोरीले १२२ हड्डी तोडेर यो सृष्टिमा ल्याएकी हुन्। ९ महिना कोखमा राखेर एक कोल्टो सुतेर यो सृष्टि देखाएकी हुन्। होइन् भन्छौ भने तिमीहरूको टाउकाको मूल्य कति हो हामी तो,हामी तिमीहरू जस्तो संकुचित सोच भएका मानव जति होइनौँ हामी आफैमा विभिन्न किसिमका खानी हौं हामीसँग सबै चिज पाइन्छ।

छोराछोरीको आमा, भाइबहिनीको दिदी, सासुससुराको बुहारी ,कसैको जीवन संगिनी भएर हामी जीवन निस्वार्थ कटाउन सक्छौं। हामीलाई कमजोर सम्झन्छौ भने त्यो तिमीहरूको जीवनको ठूलो भूल हो जो भूल भुलेर पनि नगर्नु।

जसरी नारीको टाउकाको मूल्य तोक्छौं त्यसरी आफ्नो जीवनको मूल्य पत्ता लगाउनु यो सृष्टिमा ल्याएकी ती ममतामयी नारीलाई तिमी अपहेलना गर्छौं भने तिमी त्यो प्राणी हौँ। जसले बिग्रेको अन्न खान्छ ,घाँस खान्छ।

मान्छे भएर बाँच्न चाहन्छौ भने बहिनीलाई भएको दमनको बारेमा बोल, सबै नारीको सम्मान गर्न सिक,कोही गलत छ भने सही गराउने कोशिश गर। होइन भने कसैको जीवन जिउने अधिकार नखोस्,त्यो कसैको आँगनको फूल हुन सक्छ जसलाई तिमीहरूले टिपेर आफ्नो आगनमा बिना मलजल रोप्ने कोशिश गर्छौं।

नारीको ठाउँमा बसेर एक पटक मात्र एक मिनेट सोच सबै नारीको जीवन कस्तो छ। जसलाई अरूको अनुमतिमा कटाउन पर्छ। एउटा छोरी एकदिन कसैको घरमा बास बस्यो भने चरित्रमाथि औँला उठाउने हाम्रो समाज बुहारी र कसैको श्रीमती हुँदाको अवस्थामा खाना खाँदा पनि अनुमति लिएर खानु पर्ने हाम्रो समाजको विकृति देखेर अचम्म लाग्छ। हामी नारी हौ हामी जे पनि सहन्छौं।

हाम्रो चरित्रमाथि औँला उठाओस र पनि सहन्छौ ,हामीलाई कसैले दबाब देओस् तर पनि सहनै पर्ने, माइतीमा दाई भाई ,बुवाको सीमामा बस्नु पर्ने पराई घर गएपछि श्रीमान र घर परिवार समाजको सीमासँग आफ्नो जिन्दगी सीमित राख्न पर्ने हाम्रो जीवनको मूल्य यही हो र साँच्ची? हामीलाई बाँच्ने अधिकार छैन्। हामी हाम्रो मनले हिँड्न सक्दैनौं, खान सक्दैनौं ,हामी अरुकै लागि बाँच्न पर्ने कठै दया लाग्दो समाज।

सृष्टिकर्ता नै नारी थिए तर पनि नारीलाई दमन हिंसा र अत्याचार किन् गर्छन्। एउटा पुरुषले कसैप्रति गलत नजरले हेरेपनि छोरा हो सुहाउँछ मर्दले गर्छ भनी हौसला दिने यो समाजमा छोरीले कसैलाई ठाडो नजरले हेर्न पनि पाउँदैन किन् यस्तो छ हाम्रो समाज जसले नारीलाई युगौं युगदेखि अत्याचार गर्दै आएको छ।

गल्ती हुनु कुनै अपराध होइन गल्ती गर्दा सम्झाउनु बुझाउने गर्नुको साटो भयानक सजाय बेहोर्नु पर्छ। छोराले कान्छी ल्याउन सक्ने घरमा बुहारीले कसैसँग बोलेको आधारमा उसलाई विभिन्न उपनामले परिभाषित गर्नु पर्छ। गल्ती उही छोरो सही छोरी गलत कसरी हुन्छ होला।

निष्कर्ष

गल्ती उही छोरो सही छोरी गलत कसरी हुन्छ होला। केही भएपनि सम्बन्धमा दरार आयो भने छोरीको गल्ती देखाउने यो समाजले पुरुषलाई कहिलेपनि दोषी ठान्दैन। तसर्थ हामी मान्छे हौं हामी सबैलाई आफ्नो आफ्नो अधिकार ढुक्कले बाँच्ने अधिकार संविधानले दिएको छ। हामी ढुक्कले बाँच्दा हुन्छ। मरेर लैजाने केही होइन तर पनि तछाडमछाड गरिरहन्छौं।

आफूले आफूलाई यसरी भुने होइन ,आफ्नो आत्मसम्मान गुमाउने गरी आफ्नो ख्याल नगरी अरूको कुभलो चाहने हामीलाई हाम्रो नै भलो हुन्छ हुन्न पत्तो हुन्न ,मानविय संवेग,आवेगलाई काबुमा राख्न सकियो अरूको भलो चाहेर अरूलाई सहयोग गर्दै हिड्यो भने हामीलाई हामी मान्छे भएर यो सृष्टिमा आएको आभास होस्।

मान्छे हुनुमा गर्न गर्न पाइयोस् अनि पो जीवन मजाले चल्छ। अरूको कुभलो चाहने ,अरूलाई दुःख पीडा र रोदन दिएर आफूलाई मानसिक रोगी बनाउनुको साटो आफूले आफ्नो जीवन शीर ठाडो पारेर जिउन पाए पो मज्जा हुन्छ। कसैलाई अनायसै आरोप्रत्यारोप लागेर कसैलाई दुःख दिएर जीवन जिउनु भन्दा म को हुँ मेरो परिचय के हो यसको खोजतलास गरी आफ्नो जीवन आफैमा प्रेरित गरी सम्मान जनक जीवन जिउन पाइयोस्।
तपाईहरुको जीवन सधैं सकारात्मक बितोस्। जय जिन्दगी

 

तपाईको प्रतिक्रिया