
सुर्खेत । अन्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस २०२२ र्याली तथा अन्तरक्रिया गरेर मनाइएको छ । भ्रष्टचार गर्दैनौँ, सहदैनौँ, म घुस लिन्न, म घुस दिन्न भन्ने प्ले कार्डसहित बजार परिक्रमा गरिएको थियो ।
भ्रष्टाचार विरूद्धको अभियानमा लाग्न सबैलाई आग्रह गर्दै प्रदेश सुशासन सञ्जाल,सहकर्मी समाज र संस्थागत सुधार मार्फत न्यायमा पहूँच अभिवृद्धि परियोजनाले सुर्खेतको वीरेन्द्र नगरमा प्रभातफेरीको आयोजना गरेको थियो।
प्रभातफेरीपछि आयोजित कोण सभामा प्रदेश सुशासन सञ्जालका अध्यक्ष खिम रेग्मीले बढ्दो भ्रष्टचारलाई कम गर्न सरकारले पहल लिन आवश्यक रहेको बताए ।
पछिल्लो समय भ्रष्टाचारको डरलाग्दो तथ्याङ्क देखा परेको भन्दै उनले नागरिकमा सूचनाको सहज पहूँच हुनुपर्नेमा जोड दिएका थिए ।
भ्रष्टचारको अन्त्य गर्न सबैको साथ र सहयोग हुनुपर्नेमा जोड दिँदै विभिन्न नारासहित स्गानिय मंगलगडीचोबाट सुरू गरिएको र्याली पिपल चौतारमा आएर समापन गरिएको थियो ।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि,नागरिक समाजका अगुुवा,आम नागरिक गरी करिब एक सय जनाको सहभागिता रहेको थियो ।
दिवसको अवसर पारेर अन्तरक्रिया कार्यक्रम गरिएको छ । अख्तियार दुुरुपयोग अनुुसन्धान आयोगको कार्यक्रय सुर्खेतका उपसचिव भेषराज रिजालले उजुरीको संख्या दोब्बरले बढेको बताए ।
गत वर्षको तुुलनामा यो वर्ष २१ वटा उजुुरी विशेष अदालतमा पुुगेको जानकारी दिए । चालुु आर्थिक वर्षको यो अवद्यिमा २१ वटा उजुुरी विशेषमा गएका हुुन ।
गएको आर्थिक वर्षमा १२ वटा उजुुरी विशेष अदालतमा गएका थिए । अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले भ्रष्टाचारको जालो मौलाउँदै गएको प्रति इकिंत गदैँ सरकारका संयन्त्र प्रभावकारी नभएको बताएका थिए ।

नेपालीरैबार । २०७९ मंसिर २३, शुक्रबार