कर्णालीबाट सबैभन्दा बढी ११ सांसद पाउने जिल्ला दैलेख

सुर्खेत। कर्णालीबाट प्रतिनिधिसभा र प्रदेशसभामा सबैभन्दा बढी सांसद पाउने जिल्ला दैलेख भएको छ । उक्त जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्ष तथा समानुपातिक गरी ११ जना सांसद्ले प्रतिनिधित्व गर्ने भएका छन् ।

दुई वटा प्रतिनिधिसभा र चार वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा ६ जना प्रत्यक्ष निर्वाचित भएका छन् । यहाँ पाँच जना समानुपातिकतर्फ सिफारिसमा परेका हुन् । दैलेखपछि धेरै सांसद पाउनेमा सुर्खेत छ । यो जिल्लामा प्रत्यक्ष र समानुपातिक गरेर १० जना सांसद बन्ने भएका छन् ।

दुई वटा प्रतिनिधिसभा र चार वटा प्रदेशसभाका निर्वाचन क्षेत्र रहेको सुर्खेतमा ६ जना प्रत्यक्ष निर्वाचित भइसकेका छन् भने चार जना समानुपातिकतर्फ सिफारिसमा परेका छन् । यसैगरी, प्रतिनिधिसभा र प्रदेशसभामा गरी रुकुम–पश्चिमबाट सात जना, जुम्ला र हुम्लाबाट ६÷६ जना, कालीकोटबाट पाँच जना, सल्यानबाट पाँच जना, डोल्पाबाट चार जना, जाजरकोटबाट चार जना र मुगुबाट तीन जनाले प्रतिनिधित्व गर्ने भएका छन् ।

प्रत्यक्षतर्फको नतिजा यसअघि नै आएपनि समानुपातिक निर्वाचन प्रणालीबाट सांसद चयन गर्न आयोगले अन्तिम गृहकार्य थालेको छ । सोहीअनुसार दलहरूले पार्टीले पाएको लोकप्रिय मतका आधारमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि नामावली सिफारिस गरेका छन् । आयोगले दलहरूले बुझाएको समानुपातिक सांसदको सूचिको आइतवारबाट छानबिन सुरु गरेको हो ।

छानबिनपछि क्लस्टरअनुसार सांसदहरूको सूचि नमिलेमा आयोगले दलहरूलाई मिलाउन समय दिनेछ । दलहरूलाई नामावली सच्याउन आज ‐सोमवार० सम्मको समय दिएको छ । आयोगमा दलहरूले बुझाएको सूचीभित्रैबाट समानुपातिक सांसदहरूको नामावली बुझाउनुपर्छ । त्यसको छानबिन पश्चात् आयोगले प्रमाणित गरेपछि मात्रै समानुपातिक सांसद चयन हुनेछन् ।

तपाईको प्रतिक्रिया