बढ्यो सुन र चाँदीको भाउ

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँमा पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ प्रतितोला १ लाख ९ सय रुपैयाँ पुगेको छ।

शुक्रबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १३९५ रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया