रारा राष्ट्रिय म्युजिक अर्वाडको उद्घाटन राष्ट्रपति विद्यादेवीबाट हुने

सुर्खेत । रारा राष्ट्रिय म्युजिक अर्वाड–२०७९ को समुद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने भएको छ। यहीँ पुस २६ गते मंगलबार राष्ट्रिय सभागृह। भृकुटीमण्डप काडमाडौँमा दिउँसो २ बजे राष्ट्रियपति भण्डारीबाट उद्घाटन हुने भएको हो।

अवार्डका लागि ४६ विधामा ‘टप फाइब’ टिम समेत छनौ भइसकेका छन्। आयोजक संस्था कर्णाली कलाकार समाजले यसअघि नै विभिन्न ४६ विधाका ‘टप फाइब’ प्रतिस्पर्धिको नाम छनौट गरिसकेको समाजका अध्यक्ष पदम रोकायाले जानकारी दिए।

रोकायाले भने, ‘छुट्टा–छुट्टै विधाका प्रतिस्पर्धि कलाकारबाट हामीले यसअघि नै उत्कृष्ट पाँच जनाको नाम छनौट गरेका छौँ, अनलाइ भोटिङ पनि पनि त्यतीबेलादेखि नै खुल्ला भईसेको थियो। हामीले प्रत्येक विधाबाट एक जनालाई अवार्ड दिइनेछौँ।’

अवार्डका लागि गत साउन १५ देखि साउन मसान्तसम्मलाई आयोजकले आवेदनको खुल्ला गरेको थियो। अवार्डमा निर्णायक मण्डलको सहि मुल्यांकन एस.एम.एस भोटिङबाट आएको मतलाई ४० प्रतिशत मान्यता दिइने र ५० प्रतिशत निर्णायक मण्डलको र १० प्रतिशत आयोजकको निर्णय रहने छ।

समाजले बिगतमा धेरै ठुलाठुला कार्यक्रम, महोत्सव, सास्कृतिक कार्यक्रम राजधानी काठमाडौदेखि देशका भिन्न जिल्लामा सम्पन्न गरिसकेको छ।

तपाईको प्रतिक्रिया