सुर्खेत प्रहरी प्रमुखमा योगेन्द्र सिंह थापा


सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) योगेन्द्र सिंह थापा आएका छन् ।

यसअघि सुर्खेत प्रहरी प्रमुख रहेका एसपी पदम विष्टको सरुवा भएपछि राजमार्ग सुरक्षा कार्यालय रुपन्देहीमा कार्यरत थापा प्रहरी प्रमुख बनेर सुर्खेत आएका हुन् ।

आइतबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा आयोजित पत्रकार परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख थापाले सुर्खेतको समर्ग शान्ति सुरक्षामा आम नागरिकले अनुभव गर्ने गरी सेवा प्रवाहमा लाग्ने बताए ।


पछिल्लो समय प्रदेश राजधानीसमेत रहेको सुर्खेत सुरक्षा दृष्टिकोणले अति सम्बेदनशिल रहेकाले अपराधजन्य गतिविधि रोकथाममा विशेष सुरक्षा योजना लागु गरिने थापाको भनाई छ ।

लागुऔषध ओसारपसार, चोरी निकासी, झै झगडा, घरेलु हिन्सा, सामाजिक अपराध, कालोबजारी, सडक दुर्घटना तथा प्रहरी नै अपराधिक घटनामा संम्लग्न हुने जस्ता घटनामा बृद्धि हुँदै गएको विषयमा पत्रकारहरुले राखेको पश्नमा जवाफ दिदै एसपी थापाले आफूलाई राज्यले दिएको अधिकारको पूर्ण अधिनमा रही शान्ति सुरक्षा प्रत्याभुतिका लागि कुनै कसरत बाँकी नराख्ने प्रतिवद्धता जाहेर गरे । यसमा सञ्चाकर्मीको साथ र सहयोगको अपेक्षा राखेको उनको भनाई छ ।

‘प्रहरी संगठनमा गलत कार्यमा संलग्न प्रहरी कर्मचारीलाई विभागिय कारवाही हुन्छ, यसमा कुनै सम्झौता गरिदैन, यदि कहि कतै यस्तो भेटिए मलाई खबर गर्नुस त्यस्ता कर्मचारीलाई हामी कारवाहीको दाहेरामा ल्याउछौं ।’ एसपी थापाले भने, ‘सञ्चारकर्मी राज्यका चौथो अंग हुन्, शान्ति सुरक्षा र अमन चयनमा तपाईहरुको पनि भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ, अपराध तथा अपराधिक घटनाको सूचना भएको खण्डमा प्रहरीलाई जानकारी गराउनुहोस्, तपाईले दिएको सूचनाले ठुला अपराधलाई निरुत्साहित गर्नमा टेवा पुग्छ ।’