युक्रेनको आक्रमणमा ६३ रुसी सैनिक मारिए

काठमाडौं । रुसले नयाँ वर्षको पूर्वसन्ध्यामा डोनेत्सकमा युक्रेनले गरेको मिसाइल आक्रमणमा आफ्ना ६३ सैनिक मारिएको स्वीकार गरेको छ। रुसी नियन्त्रणमा रहेको डोनेत्सकमा नयाँ वर्षको पूर्वसन्ध्यामा युक्रेनले लगातार शक्तिशाली मिसाइल आक्रमण गरेको थियो।

यही समयमा रुसी सेनाले युक्रेनको राजधानी किभमा गरेको ड्रोन आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको बताइएको थियो।

डोनेत्सकमा गरिएको आक्रमणमा युक्रेनले ४ सय रुसी सैनिक मारिएको र ३ सयभन्दा बढी घाइते भएको दाबी गरेको थियो। रुसी रक्षा मन्त्रालयले नयाँ वर्षको पूर्वसन्ध्यामा युक्रेनले अमेरिकाबाट आपूर्ति भएका ६ वटा हिमार्स प्रोजेक्टाइल मिसाइलबाट सैन्य बारेकमा आक्रमण गरेको बताएको छ।

तपाईको प्रतिक्रिया