कर्णालीमा सरकार गठनका लागि तयारी थाल्दै दलहरू

सुर्खेत । कर्णाली प्रदेशमा सरकार गठनका लागि नेकपा माओवादी केन्द्र र नेकपा एमालेले तयारी थालेका छन्। आइतबार सत्ता साझेदार दलको केन्द्रीय बैठकले कर्णालीमा माओवादीलाई भागबण्डा लगाएसँगै दलहरु सरकार गठनको तयारी थालेका हुन्।

सोमबार प्रदेशमा शीर्षस्त नेताहरुबीच अनौपचारीक रुपमा भेटघाट गरेपनि औपचारीक रुपमा मंगलबारदेखि छलफल थालेका छन्। यता एमालेले अब दिउँसो १ बजे संसदीय दलको बैठक बोलाएको छ। दल नेता यामलाल कँडेलले सरकारमा सहभागि हुने नहुनेबारेमा छलफल गर्नका लागि बैठक बोलाएका हुन्।

बैठकमा केन्द्रले कर्णालीमा एमालेलाई मुख्यमन्त्री नदिएको र सभामुखको विषयमा समेत छलफल हुने सांसद टेकराज पछाईले जानकारी दिए। त्यसपछि दुई दलका नेताहरुबीच सरकार गठनको बारेमा छलफल चल्ने छ। ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि २१ सिट आवाश्यक पर्दछ।

तर माओवादीको १३, एमालेको १० र राप्रपाका एक गरि २४ सांसद रहेका छन्। प्रदेश प्रमुख तिलक परियारले भोली (बुधबार) बेलुकी पाँच बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरिसकेका छन्। त्यो भएकाले पनि मंगलबार दुई दलबीच औपचारीक रुपमा छलफल गर्नुपर्ने भएकाले दलहरु त्यसका लागि तयारीमा जुटेका हुन्। यता सभामुख पाएको एमालेभित्र सभामुख कसलाई बनाउने भन्ने विषयले खासै चर्चा नपाए पनि जीतबहादुर मल्लकाे सम्भावना धेरै रहेकाे छ।

तपाईको प्रतिक्रिया