महिलामाथि पिसाब काण्ड : पाइलटको लाइसेन्स निलम्बित

नयाँ दिल्ली । गत महिनाको नोभेम्बर २६ मा एयर इन्डियाको विमानमा सवार वृद्धा महिलामाथि पिसाब गरेको घटनामा एयर इन्डियामाथि ३० लाख रुपैयाँ जरिबाना गरिएको छ।

भारतीय नागरिक उड्डयन प्राधिकरणले हवाई नियमको उल्लङ्घन गरेको आरोपमा ३० लाख रुपैयाँ जरिबाना गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्राधिकरणले एयर इन्डिया उडानका क्रममा आफ्नो कर्तव्य पूरा गर्न नसकेको भन्दै पाइलट-इन-कमान्डको लाइसेन्स तीन महिनाका लागि निलम्बन गरेको छ।

प्राधिकरणले एयर इन्डियाको उडान सेवा निर्देशकलाई समेत तीन लाख रुपैयाँ जरिवाना तोकेको छ। घटना नोभेम्बरको भए पनि करिब डेढ महिनापछि मात्रै सार्वजनिक भएको थियो।

अमेरिकाको न्यूयोर्कबाट दिल्ली आउँदै गरेको विमानमा सवार वृद्धामाथि शंकर मिश्रले पिसाब गरिदिएका थिए।

तपाईको प्रतिक्रिया