जुम्लामा जोरासिंह बुढा मृत फेला

सुर्खेत । जुम्लाको पातारासी गाउँपालिकाको डिल्ली साना जलविद्युत् आयोजनाको नालीमा एक जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पातारासी-६ वाताका ४७ वर्षीय जोरासिंह बुढा सोमबार दिउँसो मृत अवस्थामा भेटिएका हुन् ।

घटनाबारे अनसन्धान भइरहेको प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए। ‘घटनाको प्रकृति हेर्दा जमेको बरफमा चिप्लिएको जस्तो देखिन्छ,’ उनले भने, ‘घटनाको अनुसन्धान भइरहेकाले सत्यतथ्य पत्ता लाग्नेछ।’

मृतक बुढाको शव कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याउने तयारी भइरहेको छ।

तपाईको प्रतिक्रिया