पञ्पुरीका नगरप्रमुख भण्डारी र अर्थमन्त्रीबीच भेटवार्ता

सुर्खेत । कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह र सुर्खेतको पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीबीच भेटवार्ता भएको छ। सोमबार पञ्चपुरी नगरपालिकाको कार्यालयमा उनिहरुबीच भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा अर्थमन्त्री शाहलाई नगरप्रमुख भण्डारीले नगरपालिकाका भए गरेका कामका बारेमा मौखिक जानकारी गराएका थिए।

नगरप्रमुख भण्डारीले पालिकामा नयाँ–नयाँ बहुवर्षियका योजना अगाडी सारिएकोले त्यसको लागि स्थानीय तहको बजेटले मात्रै नपुग्ने आउने नयाँ बजेटमा प्रदेश सरकारले बजेट समावेश गर्नुपर्ने माग राखे।

साथै नगरप्रमुख भण्डारीले दह तालकाे स्तरोन्ति, पञ्चपुरीको माथिल्लो भाग छाप्रेमा मौरी पालन, कर्णाली र भेरी नदीको दोभानमा झोलुङ्गे पूलको निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए।

यस्तै, नगरप्रमुखका कुरा सुनिसकेपछि अर्थमन्त्री शाहले उक्त कुराहरुको अध्ययन गरेर प्रदेश सरकारले गर्नसक्ने सहयोगका लागि पहल गर्ने प्रतिवद्धता जाहेर गरे।

साथै मन्त्री शाहले पञ्चपुरी नगरपालिकाले हालसम्म १० प्रतिशत मात्रै बजेट खर्च गरेकोले स्थानीय तहको बजेट खर्चलाई बढाउनु पर्ने सुझाव दिए।

तपाईको प्रतिक्रिया