युवा उद्यमी मञ्च सुर्खेतको अध्यक्षमा रावत चयन

सुर्खेत । नेपाल युवा उद्यमी मञ्च सुर्खेतको अध्यक्षमा दोस्रो कार्यकालका लागि युवा व्यवसायी सन्देश रावत भएका छन् । दोस्रो साधारणसभाले रावतलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

मञ्चको प्रथम उपाध्यक्षमा अभिनाश थानी र द्धितीय उपाध्यक्षमा शिया कार्की प्रधान चयन भएका छन् । मञ्चको सदस्यमा कृष्ण रिजाल, युवराज ढकाल, कमल सुवेदी, राजेश बराल, कल्पना विष्ट, तेजेन्द्र कार्की, ऋतु रिजाललगायत चयन भएका छन् ।

साधारणसभामा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्ण विसीले युवाहरु उद्यमतर्फ लाग्नुपर्ने बताए । उनले कर्णाली प्रदेश संभावनाको खानी भएको बताउँदै ति संभावनाहरुलाई कर्णालीका युवा उद्यमीहरुले उजागर गर्नुपर्ने बताए ।

कार्यक्रममा मञ्चका केन्द्रीय अध्यक्ष रितेष लामिछाने, साहित्यकार डा. नवराज केसी, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल, संघका उपमहासचिव कृष्णप्रसाद सुवेदी, राजेन्द्र विष्टलगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया