वीरेन्द्रनगरको कालिन्चोकबाट फरार प्रतिवादी पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ स्थित कालिन्चोकबाट फरार प्रतिवादी पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका–१२ घर भएको अन्दाजी २५ बर्षका जीवन सोमैलाई सोमबार प्रहरीले कालिन्चोकबाट पक्राउ गरेको हो ।

उनलाई सुर्खेत जिल्ला अदालतले लागू औषध मुद्दामा लगत नं ३४५३ बमोजिम ७ दिन कैद १० दश हजार जरिवाना तोकेको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरी हिरासदमा राखेको जनाएको छ ।

तपाईको प्रतिक्रिया