ब्रिज कोर्षमा सर्वोउत्कृट नम्बर ल्याएका बमलाई मिररको नगद एक लाख पुरस्कार

सुर्खेत । वीरेन्द्रनगर सुर्खेतमा उच्च शिक्षा अध्ययनका लागि विभिन्न विषयमा तयारी गराउँदै आएको न्यू मिरर कम्प्पुटर ईन्स्टिच्युट एण्ड ट्रेनिङ सेन्टरले विज्ञान विषयको ब्रिज कोर्षमा सर्वोउत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाई नगद एक लाख पुरस्कारसहित सम्मान गरेको छ ।

विज्ञान विषयमा ब्रिज कोर्ष गरिरहेका एक १३६ जना विद्यार्थीमध्ये अन्तिम टेष्ट परीक्षा २०८० मा सर्वोउत्कृष्ट नम्बर ल्याएका जन नमुना माध्यमिक विद्यालयका रविन बमलाई मिररले नगदसहित पुरस्कृत गरेको हो । उक्त परीक्षामा जन माविकै पूर्णबहादुर भण्डारीले दोस्रो स्थान हासिल गर्दा विद्याज्योती सेकेण्डरी स्कूलका चिरञ्जिवी खना तेस्रो बनेका थिए

मिररले गत वर्ष पनि ब्रिज कोर्षको अन्तिम परीक्षामा सर्वोउत्कृष्ट नम्बर ल्याएकी सज्जा केसीलाई नगद पचास हजारसहित पुरस्कृत गरेको थियो । पुरस्कार कार्यक्रममा मिरर कम्प्पुटर ईन्स्टिच्युट एण्ड ट्रेनिङ सेन्टरका मेन्टर क्युटर मनोज एम.सी. ले विद्यार्थीहरुमा शिक्षा र अबसर दुबै पुग्न जरुरी रहेको बताए ।

तपाईको प्रतिक्रिया