वीरेन्द्रनगर बसपार्कबाट लागूऔषध सहित एक जना पक्राउ

सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१० बसपार्कबाट लागूऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भेरीगंगा नगरपालिका– ८ का ३३ वर्षका प्रदिप सुनार रहेका छन् । उनलाई वीरेन्द्रनगर स्थित तालुका होटलको  १०९ नम्बर  कोठाबाट पक्राउ गरिएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको लागूऔषध ब्युरोबाट खटिएका प्रहरी टोलीले उनी सुत्ने कोठाको बेड मुनी लुकाई राखेको नापतौल नगरेको ५ पुडिया,नगद चौध हजारचार सय ९५ रुपैयाँ र कैची थान १ बरामद गरेको हो । सुनारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको हो । ।

तपाईको प्रतिक्रिया