पहिरोमा परि डोजर चालक पवनको मृत्यू

सुर्खेत । मुगु जिल्लाको छायानाथ रारा गाउँपालिकामा २१ गते राती सडक निर्माण गरि फर्किरहेको डोजरमाथि पहिरो खस्दा डोजर चालकको मृत्यू भएको छ ।


जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं. तीन फूलीगाउँ नजिक उक्त दुर्घटना भएको हो । स्थानीय राकेश शाहीका अनुसार वीरेन्द्रनगर ७ इत्राम बस्दै आइरहेको डोजर चालक २४ वर्षीय पवन घिमिरेको २१ गते राती पहिरोमा परेर ज्यान गएको हो ।

‘उहाँ बाटो निर्माण गरेर फर्किदैं हुनुहुन्थ्यो । उहाँ फर्किने क्रममा एक्कासी गमगढी सुरुकोट सडक खण्डमाथिबाट आएको पहिरोले उहाँ सहित डोजर समेत ध्वस्त बनायो ।’ उनले भने, ‘राती कति बजे पहिरो खसेको हो, थाहा भएन तर विहान मात्र हामी लगायतलाई थाहा भयो ।’

अहिले उनको शव मुगुबाट उद्धारगरेर वीरेन्द्रनगर ल्याउन लागिएको बताइएको छ । उनको ६ महिनाकी एक छोरी छिन भने उनका वुवा हिड्डुल गर्ने अवस्थामा छैनन् ।

तपाईको प्रतिक्रिया