सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं- ३ का वडाअध्यक्ष विनोदसिंह विष्टलाई प्रहरीले पक्राउ गरेको छ । वडाध्यक्ष विष्टसहित तीन जनाको टोलीले केही दिनअघि खोर्केखोला तटवन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
उक्त उजुरीका आधारमा शुक्रबार पक्राउ परेका सुशील गुरुङ र बलिराज शाहीले जफत भएको रकमबाट वडाध्यक्ष विष्टलाई दुई लाख दिएको स्वीकारेपछि विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीले नेपाली रैबारलाई बताए । वडाध्यक्ष विष्टमाथी थप अनुसन्धान भइरहेको शाहीको भनाई छ । विष्ट नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।
नेपालीरैबार । २०८० असार २४, आईतवार