
सुर्खेत । मुगुमा सोमबार एकै दिन हेलिकप्टरमार्फत दुईजना सुत्केरी महिलाको उद्वार गरिएको छ । छायाँनाथ रारा नगरपालिका-२ कि कल्पना बुढा र वडा नं १० कि अमृता बुढाको हेलिकप्टरबाट उद्वार गरिएको हो ।
दुवै सुत्केरी महिला र बच्चाको ज्यान जोखिममा रहेको हुँदा जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत् उनीहरुलाई प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको जिल्ला अस्पताल मुगुका कार्यालय प्रमुख डा, कमल ढुंगानाले बताए ।

नेपालीरैबार । २०८० असार २५, सोमबार