
सुर्खेत । जिल्लाकाे भेरीगंगा नगरपालिका-५ बवई चेकपोष्टबाट अबैध सामान बरामद गरिएको छ । मंगलबार नेपालगंजबाट सुर्खेत तर्फ आउदै गरेको बाग्मती प्रदेश ०१-०२७ च १६२० नम्बरको इको भ्यानबाट कुनै पनि बिल नभएको प्लाजु सेट ७३ थान, कुर्ति एक सय ९३ पिस लेडिज कपडा वरामद गरिएको हो ।
बवई पोष्टमा खटिएका ६ जनाको प्रहरी टोलीले सो सामान बरामद गरि नियन्त्रणमा राखिएको छ, भने इको भ्यानलाई गन्तव्य स्थान तर्फ पठाइएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

नेपालीरैबार । २०८० असार २७, बुधबार