काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । बुधवार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको अस्पतालले जनाएको छ ।
स्वास्थ्य अवस्था ज्यादै गम्भीर बनेपछि उनलाई गएराति नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनी लामो समयदेखि पार्किन्सनजस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट पीडित थिइन् । उनको ६९ वर्षको उमेरमा निधन भएको हो ।
नेपालीरैबार । २०८० असार २७, बुधबार