वीरेन्द्रनगर हरियालीचोकबाट लागूऔषध सहित एक महिला पक्राउ

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका-१२ हरियाली टोलबाट लागूऔषध कारोबार भईरहेको अवस्थामा एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जुम्ला चन्दननाथ नगरपालिका-६ घर भएर हाल वीरेन्द्रनगर नगरपालिका-२ बस्ने २२ बर्षकी राधिका वुढा रहेकी छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको लागुऔषध ब्युरो सुर्खेतबाट सादा पोशाकमा खटिएका ५ जनाको प्रहरी टोलीले उनको साथबाट नापतौल नगरेको १४ पुरिया (नाप तौल गर्दा शुद्ध तौल ६८० मि.ग्रा.) लागूऔषध ब्राउनसुगर खैरो धुलो पदार्थ फेला पारेको हो ।

यस्तै नगद एक लाख एक्काईस हजार चार सय पचास बरामद बरामद गरेको छ । उनीमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया