मिटरब्याज सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित

काठमाडौं । प्रतिनिधि सभाबाट मिटरब्याज सम्बन्धी विधेयक सर्वसम्मतिले पारित भएको छ। आइतबारको प्रतिनिधि सभा बैठकले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी (मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक) पारित गरेको हो।

यो विधेयक पारित भएपछि लामो समयदेखि मिटरब्याजबाट आहत भएका पीडितहरूलाई राहत भएको छ। प्रतिनिधि सभाको अर्को बैठक मिति २०८० साउन १० गते बुधबार दिनको १ः०० बजे बस्नेछ। यो ऐन निर्माणले मिटरब्याज पीडितलाई न्याय दिलाउने अभियानलाई सफल पार्न बलियो आधार प्रदान गर्नेछ।

तपाईको प्रतिक्रिया