
कालीकोट । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–८ मा शनिबार साँझ ३ वर्षीय बालक आनुन दर्जीको मृत्यु भएको प्रकरणमा एक जना स्थानीय मेडिकल सञ्चालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय मेडिकल सञ्चालक सोही ठाउँका धिरेन्द्र केसी र एक जना रेडक्रसका कर्मचारी रहेका छन् । मेडिकलबाट मृतक बालकले औषधि सेवन गरेको देखिएपछि अनुसन्धानका लागि प्रहरीले मेडिकल सञ्चालक केसी र कर्मचारीलाई पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले घटना शङ्कास्पद भएकाले अनुसन्धान भइरहेको बताए ।
मृतक बालकका मावलीले बालकको मृत्यु औषधि सेवनभन्दा पनि यातनाका कारणले मृत्यु भएको आरोप लगाइरहेका छन् ।
यसबारे अनुसन्धान भइरहेको छ ।’’ मृतक बालकका बाजेले आफ्नो नाति आनुन दर्जीलाई उनका बुवाले यातना दिएर मारेको आरोप लगाए ।
मृतक बच्चाको रास्कोट अस्पतालमा पोस्टमार्टम भएको छ । मृतक बालकको अहिले सम्म जन्मदर्ता पनि छैन । वडा नं ८ का वडा अध्यक्ष नौलासिंह बुढाले वडामा जन्मदर्ताको कुनै प्रमाण नभएको बताए । घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपालीरैबार । २०८० श्रावण ३, बुधबार