काठमाडौं । कांग्रेस नेता जीवनबहादुर शाहीले माओवादीको गढ भएकाे कर्णालीमा अहिले आफूले कांग्रेसलाई पहिलो पार्टी बनाएको जिकिर गरेका छन् ।
कांग्रेस केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्ने संस्थापन पक्षका नेता शाहीले महामन्त्री गगन थापालाई लक्षित गर्दै बैठकको लाइभ गरेपछि बैठकमा एउटा कुरा राख्ने बाहिर अर्को कुरा गर्ने प्रवृत्ति अन्त्य भएको टिप्पणी गरेका थिए ।
‘यो लाइभले हामीले सद्बुद्धि देओस्। भित्र एउटा बोल्ने बाहिर अर्को बोल्ने रु अनि ठुला नेताहरूले जथाभाबी ग¥यो भने त्यसपछिको नेताहरूले पनि गर्नुभएन।’ उनले भने, ।
‘कांग्रेस एक ठाउँमा उभिएर जे गर्छ कांग्रेसले मात्रै गर्न सक्छ भन्ने राखेर अगाडि बढ्न सक्छौँ। पार्टी अनुशासित ढंगबाट चलाउनुपर्छ। पहिला एउटा निर्णय गरिहाल्ने पछि अनुमोदन गर्ने नहोस् विधि र विधान अनुसार अघि बढ्नुपर्छ।’ उनले भने, ।
नेपालीरैबार । २०८० श्रावण ३, बुधबार