उच्च अदालत सुर्खेतले गर्याे विगत तीन आर्थिक वर्ष भन्दा धेरै मुद्दाहरुको फछर्यौट

सुर्खेत । उच्च अदालत सुर्खेतले विगत तीन आर्थिक वर्षको तुलनामा अदालतमा परेका मुद्दाहरुको फछर्यौट प्रतिशत बढेको जनाएको छ । अदालतमा अहिले एक वर्ष नाघेका कुनै मुद्दा बाँकी छैनन् । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा अदालतमा ६ महिना देखि १२ महिना भित्रका मुद्दाको संख्या २० वटा मात्र रहेको छ ।

यि मुद्धाहरु समेत सम्भवत् चालु आर्थिक वर्ष २०८०/०८१ मै किनारा लाग्नेछन् । त्यसैगरी ६ महिना भित्र दर्ता भएका मुद्दाको संख्या एक सय ४० वटा छ । २०७७/०७८ मा उच्च अदालतमा ६३ दशमलव ८४ प्रतिशत थियो ।

यस आर्थिक वर्षमा लगत मार्फत सात सय ३३ मुद्दा संकलन भएका थिए । सो मध्य चार सय ६८ वटा मुद्दा फछर्यौट भई दुई सय ६५ मुद्दा २०७८/०७९ का लागि सरेको थियो । २०७८/०७९ मा नौं सय ५८ मुद्दा अदालतमा दर्ता भए । सो मध्ये सात सय १२ वटा मुद्दा फछर्यौट भई दुई सय ४६ मुद्दा मात्र बाँकी थिए ।

२०७९/०८० मा उच्च अदालत सुर्खेतमा ६ सय ७६ वटा मात्र मुद्दा दर्ता भए । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ बाट आएका दुई सय ४६ मुद्दा सहित कुल नौं सय २२ मुद्दा अदालतको जिम्मेवारीमा रहेको उच्च अदालत सुर्खेतका रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

२०७८/०७९ आर्थिक वर्षबाट सरेर आएका दुई सय ४६ मुद्दा २०७९/०८० बाट ६ सय ७६ मुद्धा फछर्यौट भएको रजिष्ट्रार कोइरालाले बताए । २०७९/०८० को असार मसान्तसम्ममा सात सय ७८ थान नयाँ मुद्दा दर्ता हुनसक्ने अदालतले अनुमान गरेको थियो । अदालतको अनुमान भन्दा एक सय बढी मुद्दा कम आएका हुन् ।

तपाईको प्रतिक्रिया