
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले सुनकाण्डको जरैसम्म पुगेर अनुसन्धान गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बुधवार आफ्नो धारणा राख्दै लामिछानेले गम्भीर अनियमितताका घटनामा हाँगाबिँगा मात्र काटेर बस्न नहुने बताएका हुन् ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले शुरूआत गर्यो, अड्कियो । ललितानिवासमा पनि जरोसम्म पुगेन । सुनकाण्डमा अरोपीको नाम आउँछ, तर जरोमा जाँदैन कि भन्ने देखिइरहेको छ,’ लामिछानेले भने, ‘पर्याप्त अनुसन्धान गरेर टुंगोमा पुर्याउनुपर्छ ।’
केही कर्मचारीको सरुवासम्म मात्र यसलाई सीमित नपार्न उनले माग गरे । सुनकाण्ड गम्भीर विषय भएको भन्दै रविले सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको समेत बताए ।

नेपालीरैबार । २०८० श्रावण १०, बुधबार