वीरेन्द्रनगरकाे गोठिकाँडा नजिक वनमा भरुवा बन्दुक फेला

सुर्खेत । सुर्खेतको गोठिकाँडा नजिक भैरब सामुदायिक वनबाट २ थान भरुवा बन्दुक फेला परेको छ ।

विहीबार वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ मा पर्ने सो ठाउँबाट लुकाईछिपाई राखेको अवस्थामा प्रहरीले भरुवा बन्दुक बरामद गरेको हो ।

भरुवा बन्दुक बारे वनका वनपाले टिकाराम आचार्यले टेलिफोन मार्फत अस्थायी प्रहरी बिट सहिद पार्कमा जानकारी गराएका थिए ।

सो जानकारी पाउँना साथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले दुई थान भरुवा बन्दुक बरामद गरेको हो ।

हाल उक्त बन्दूक जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया