हिमेन्द्र बिश्वकर्मा दैलेख । नारायण नगरपालिका –३ पञ्चदेवल आधारभूत विद्यालयका दलित बिपन्न परिवारका विद्यार्थीलाई न्यानो पोषाक वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत अति विपन्न परिवारका ८६ जना विद्यार्थीलाई उक्त पोषकवितरण गरिएको हो ।
दैलेखको चौराठामा जन्मिएर हाल अमेरिकामा बस्दै आएका मानेन्द्र चन्द ठकुरीको आर्थिक सहयोगमा वितरण गरिएको पञ्चदेवल आधारभूत विद्यालयका प्रधानाध्यापक योगमाया मल्लले बताईन् । समाजसेवि मानेन्द्र चन्दले व्यक्तिगत रुपमा गरेको सानो सहयोगले विद्यार्थीलाई केही सहजहोस भन्ने उदेश्यले गरिएको सहयोग ठुलो हुने पत्रकार बिष्णु शर्माले बताए ।
हस्तान्तरण कार्यक्रममा आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका बालबालिका लाई टेवा पुग्ने नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्माले बताए । गरिबीका कारण पोषक किन्न नसकेका अति बिपन्न परिवारका विद्यार्थीलाई ठुलो सहयोग भएको शर्माको भनाई छ ।
जाडो बढेसँगै बालबालिकाहरूलाई न्यानो पोषक सहयोगले विद्यार्थीलाई निरन्तर विद्यालय आउन सहज हुने नगर प्रमुख शर्माले जानकारी दिदै, यस्ता कार्यमा अन्य युवा पनि लाग्न आग्रह गरे।
कार्यक्रममा नारायण नगरपालिका वडा नं–३ का वडा अध्यक्ष चन्द्र प्रसाद उपाध्याय, विद्यालय व्यवस्थापन समितीका अध्यक्ष कमानसिहं नेपाली, पत्रकार रअबिभावक लगायतको उपस्थित थियो ।
नेपालीरैबार । २०८० मंसिर २७, बुधबार