प्रधानमन्त्री कप २०८० पुस ३ गते हुने

काठमाडौं । प्रधानमन्त्री कप २०८० को पुरुष छनोटअन्तर्गत काठमाडौं जिल्ला छनोट प्रतियोगिता पुस ३ गतेदेखि सुरु हुँदैछ। काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा हुने प्रतियोगितामा १२ टिमले भाग लिँदैछन् । १२ टिमलाई चार समूहमा विभाजन गरिएको छ।

जसमा समूह ‘ए’ मा ग्रेट हिमालयन क्रिकेट एकेडेमी, बालुवाटार क्रिकेट क्लब र पुष्पलाल स्पोर्ट्स क्लब परेका छन् भने समूह ‘बी’ मा क्रिकेट एक्सिलेन्स सेन्टर, ओएसिस क्रिकेट एकेडेमी र जेम्स थन्डर्स क्रिकेट एकेडेमी रहेका छन्।

समूह ‘सी’ मा नेक्सस क्रिकेट एकेडेमी, न्यु भिजन क्लब, डिएभी क्रिकेट एकेडेमी रहेका छन् भने समूह ‘डी’ मा महावीर क्लब, हिमालयन क्रिकेट एकेडेमी र फरेवर ब्वाइज क्लब रहेका छन् ।

प्रतियोगिताका खेलहरु लिग कम नकआउटको आधारमा संचालन हुनेछन्। मुलपानी मैदानमा संचालन हुने प्रतियोगिताको पहिलो खेल पुस ३ मा ग्रेट हिमालयन र पुष्पलालबीच विहान ८ बजे हुनेछ। दिनमा दुई खेल सञ्चालन हुने समूह चरणका सबै खेल २५ ओभरको हुनेछन्।

चार समूहका शीर्ष टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल र फाइनल ५० ओभरको हुनेछन्।

प्रत्येक खेलको प्लेयर्स अफ दि म्याचलाई आइटेल ब्रान्डको मोबाइल र ट्रफी दिइनेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई श्रेष्ठ टेलरिङको प्रायोजनमा सुट र आइटेल ब्रान्डको मोबाइल प्रदान गरिनेछ।

तपाईको प्रतिक्रिया