भारतीय महिला क्रिकेट टोलीले इतिहास रच्यो

  भारतीय महिला क्रिकेट टोलीले टेस्ट प्रतियोगिताको एक मात्र खेलमा अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इतिहास रचेको छ । अस्ट्रेलियाविरुद्धको टेस्टमा भारतीय महिला टोलीको यो पहिलो जित हो।

मुम्बईको वानखेडे स्टेडियममा खेलिएको यो टेस्ट जितका लागि भारतले दोस्रो इनिङ्समा ७५ रन मात्र जोड्नु परेको थियो । यो लक्ष्य भारतले दुई विकेट गुमाएर पुरा गर्‍यो ।

यस खेलमा अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो इनिङ्समा २१९ रन बनाएको थियो जसको जवाफमा भारतले ४ सय ६ रन बनाएको थियो । अस्ट्रेलियाले आफ्नो दोस्रो इनिङ्समा २६१ रन मात्र बनाउन सक्यो ।

भारतका लागि पहिलो इनिङ्समा तीन विकेट र दोस्रो इनिङ्समा चार विकेट लिने स्मृति राना यस खेलको उत्कृष्ट खेलाडी घोषित भइन् । गत हप्ता पनि भारतले एक मात्र टेस्टमा इंग्ल्याण्डलाई ३४७ रनले पराजित गर्दै इतिहास रचेको थियो ।

तपाईको प्रतिक्रिया