प्रधानमन्त्रीले धरानलाई नहेरे कार्यकक्षमा रहेको फोटो फाल्ने : हर्क साम्पाङ

काठमाडौं । सामाजिक सञ्जालमा एक पोष्ट राख्दैँ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धरानलाई नहेरे आफ्नो कार्यकक्षमा राखेको फोटो झिकेर फाल्दिने बताएका छन् । बिकासको केन्द्र बिन्दुमा धरानलाई पारिन्न भने सरकारलाई मानिरहनु पर्छ भन्ने केही नरहेको उनको भनाई रहेको छ ।

उनले आफ्नो फेसबुक अकाउन्टमा स्ट्याटस लेखेका छन्, ‘प्रधानमन्त्री ज्यूले धरानलाई माया गर्छन् गर्दैनन् हेर्छु यसपालि ! मेरो अफिसको भित्तामा राखेको फोटो फालेर यलम्बरको फोटो राख्न नपरोस् ! कुरा यति ।’

तपाईको प्रतिक्रिया