काठमाडौँ । पाँच महिनामा ६ अर्ब रुपैयाँको २० लाख क्विन्टल आलु र प्याज आयात भएको छ । आलु आर्थिक वर्षको पाँच महिनामा सरकारले २० लाख ८९ हजार क्विन्टल आलु र प्याज आयात भएको भन्सार विभागले उल्लेख गरेको छ । आलु र प्याजमा ५ महिनामा ६ अर्ब १२ करोड रुपैयाँ खर्च भएको छ । आलु र प्याज आयात गर्दा सरकारले १ अर्ब ५४ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
चीन, भारत, इन्डोनेसियाबाट ४ लाख ६३ हजार क्विन्टल प्याज आयात भएको भन्सार विभागले उल्लेख गरेको छ । ४ लाख ६३ हजार क्विन्टल प्याज आयात हुँदा १ अर्ब ९४ करोड रुपैयाँ बाहिरिएको छ ।
यस्तै, पाँच महिनामा १६ लाख २५ हजार क्विन्टल आलु आयात भएको छ । सो वापत् ४ अर्ब १७ करोड रुपैयाँ बाहिरिएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । आलु भारतबाट र इण्डोनेसियबाट आयात भएको हो ।
नेपालीरैबार । २०८० पुष १३, शुक्रबार