क्रिकेटर कुशल मल्ललाई ‘संस्कृति स्पोर्टस् सम्मान २०२३’

काठमाडौँ । संस्कृति इन्टरनेसनल स्कुलले ‘संस्कृति स्पोर्टस् सम्मान २०२३’ क्रिकेटर कुशल मल्ललाई प्रदान गरेको छ । खेलकुद विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभाशाली खेलाडीहरुलाई प्रोत्साहन प्रदान गर्ने उद्देश्यले २०२२ मा स्थापना गरिएको यो अवार्ड हरेक वर्ष अंग्रेजी क्यालेन्डर अनुसार एक उत्कृष्ट खेलाडीलाई प्रदान गरिँदै आएको छ ।

मल्ल एसियन गेम २०२३ को उद्घाटन खेलमा मङ्गोलिया विरुद्ध टि२० इन्टरनेसनल क्रिकेटमा ३४ बल खेल्दै विश्व कीर्तिमानी शतक बनाउने पहिलो खेलाडी बन्न सफल भएका थिए ।

कुशल मल्ललाई उक्त अवार्ड स्कुलका चेयरपर्सन रञ्जित आचार्य र डाइरेक्टर दिप्ती आचार्यको उपस्थितिमा कार्यक्रमका प्रमुख अतिथी एवम् नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले हस्तान्तरण गरे । अवार्डको साथै मल्ललाई रू।१ लाख १ हजार रुपैयाँ रकमको चेक पनि प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया