ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर दैलेख एक युवकको मृत्यु

काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा सहभागी एक जना युवकको मृत्यू भएको छ । इपीएसको परीक्षाको विषयलाई लिएर शुक्रबार बालकुमारीमा भएको आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर दैलेख महाबु गाउँपालिका – ६ का सुदन राउतको मृत्यु भएको छ ।

यसअघि किष्ट अस्पतालमा उपचाररत २१ वर्षीय युवकको मृत्यु भएको थियो । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शन नियन्त्रणमा लिन ललितपुरमा प्रहरीले गोली चलाएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा।२ झ ५८६१ नम्बरको गाडी प्रदर्शनकारीले जलाएपछि अवस्था तनावग्रस्त बनेको थियो । प्रदर्शन स्थलबाट प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया