सुर्खेत । नेपाल बजार बिक्री प्रतिनिधि संघ सुर्खेत इकाईको प्रथम अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिबेशनले विवेक खड्काको अध्यक्षतमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा उपेन्द्र शाही, सचिवमा जगतबहादुर विष्ट, कोषध्यक्षमा टंकप्रसाद गौतम चयन भएका छन् ।
समितिको नयाँ कार्यसमिति सदस्यहरुमा महेन्द्र वली, सुरथ सिंह, पारश शाही, सम्राट चौलागाई, प्रेम थापा, शेरबहादुर घर्तीमगर र हर्क खड्का चयन भएका छन् । अधिबेशनको उद्घाटन गर्दै नेपाल बजार बिक्रि प्रतिनिधि संघका केन्द्रीय उपाध्यक्ष राजनकुमार सुवेदीले उद्योग व्यवसाय र बजार बिक्रि प्रतिनिधिहरुको सम्बन्ध सधैं सुमधुर हुनुपर्नेमा जोड दिए ।
संघले बजार बिक्रि प्रतिनिधिहरुको हक हितको क्षेत्रमा काम गर्नुपर्ने भन्दै उनले संगठनले बजार बिक्रि प्रतिनिधिहरुलाई सवल बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए । यस्तै संघले प्रथम अधिवेशनका अवसरमा बनभोज कार्यक्रमको आयोजनासमेत गरेको छ । नयाँ कार्यसमितिको कार्यवहाक सम्हाल्दै खड्काले संघमा आवद्ध सदस्यको जीवनपयोगी हितका लागि सदा लागि पर्ने प्रतिवद्धता जाहेर गरे ।
नेपालीरैबार । २०८० माघ २७, शनिबार