काठमाडौँ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा नयाँ प्रहरी अतिरिक्त महानिरीक्षक हाजिर भैसकेका छन् । तर, ब्युरोको वेबसाइटमा भने निवर्तमान प्रमुख किरण बज्राचार्यकै तस्बिर राखिएको छ ।
आइतबार ब्युरो प्रमुखको रुपमा एआईजी श्यामलाल ज्ञवाली हाजिर भएका हुन् । मन्त्रिपरिषद्ले शुक्रबार बज्राचार्यलाई हटाएर ज्ञवालीलाई ब्युरोमा पठाउने निर्णय गरेको हो ।
६० किलो र भेप प्रकरणमा त्रुटीपूर्ण अनुसन्धान गरेको भन्दै सुन तस्करी जाँचबुझ आयोगले बज्रचार्यलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।
नेपालीरैबार । २०८० चैत्र ५, सोमबार