गृहमन्त्रीको निर्देशन : नागरिकको भरोसा बनेर काम गर्नु

काठमाडौं। गृहमन्त्री रवि लामिछानेले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई नागरिकको भरोसा बनेर काम गर्न निर्देशन दिएका छन् । गृहमन्त्री स्तरीय निर्णयका आधारमा मन्त्रालयले बिहीबार ७७ जिल्लाका प्रजिअलाई निर्देशन पठाएका हुन् ।

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीले नेपाल सरकारको प्रतिनिधिको रूपमा शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरणका साथै नागरिकको भरोसा अभिवृद्धि गर्न विभिन्न कार्य सम्पादन गर्न वा गराउन निर्देशन दिएका हुन् ।

गृह मन्त्रालयले पठाएको निर्देशनमा भनिएको छ, ‘‘स्थानीय प्रशासनलाई प्रचलित कानुनले प्रदान गरेका जिम्मेवारी पूरा गर्न तथा सुशासन, सेवा प्रवाह र विकास निर्माणमा समन्वय र सहजीकरण गर्ने उद्देश्यले सकारात्मक सोचका साथ प्रमुख जिल्ला अधिकारीले नेपाल सरकारको प्रतिनिधिको रूपमा शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन,नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमासक्रिय भूमिका निर्वाह गरी सरकार प्रति नागरिकको भरोसा अभिवृद्धि गर्न देहायबमोजिम कार्य सम्पादन गर्नु गराउनुहुन उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको निर्णयअनुसार अनुरोध गर्दछु।’

तपाईको प्रतिक्रिया