पूर्व स्वास्थ्य सचिव मिश्रको निधन

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वसचिव डा. प्रविण मिश्रको निधन भएको छ।

उपचारका लागि लामो समयदेखि नयाँ दिल्लीमा रहेका मिश्रको गएराति निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । दिल्लीमा कलेजोको शल्यक्रिया गराएका डा.मिश्र डेढ महिनादेखि दिल्लीमै थिए ।

शल्यक्रिया सफल समेत भएको थियो । हिजो राति एक्कासि मुटुको समस्या भएर उनको निधन भएको हो । डा. मिश्र २०६६ साल देखि देखि २०७१ सम्म स्वास्थ्य मन्त्रालयको सचिव रहेका थिए ।

तपाईको प्रतिक्रिया