
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार सडेको अवस्थामा फेलामा परेको महिलाको शवको पहिचान खुलेको छ ।
वीरेन्द्रनगर नगरपालिका–१, को बांगेसिमल प्रहरी बिट भन्दा एक किलोमिटरको दुरीमा रहेको तारेभिरस्थित सुख्खा खोलामा सडेको अवस्थामा भेटिएको शव २७ वर्षीय सरस्वती सुनारको रहेको खुलेको हो ।
परिवारका अनुसार सुनार वीरेन्द्रनगर-१ बांगेशिमल सुर्खेत निवासी रहेको र गत पुसमा हराएकी थिइन् । परिवारले दिएको हुलियाअनुसार शवको पहिचान गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ । महिलाको शव सडिसकेको अवस्थामा खोला किनारामा घाँस दाउरा लिन गएकाले देखेपछि प्रहरीलाई खवर गरेका थिए ।

नेपालीरैबार । २०८० चैत्र १४, बुधबार