शुक्रबार २१ सयले बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २१ सयले बढी प्रतितोला एक लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो।

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा २ हजार एक सय रुपैयाँले नै बढ्दै १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मुल्य पनि आज बढेको छ। बिहीबारको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँले बढ्दै १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया