सोमबार सुनको मुल्यमा वृद्धि, कतिमा हुदै छ कारोबार

काठमाडौं। सोमबार पनि सुनको मूल्य बढेको छ । आइतबार उच्च मूल्यमै स्थिर रहेको सुन आज प्रतितोला १ हजार ६ सय बढेर नयाँ रेकर्ड बनेको हो । चाँदी पनि प्रतितोला १० रुपियाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला प्रतितोला १ लाख ३१ हजार ६ सय र तेजावी सुन प्रतितोला १ लाख ३० हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।

सोमबार चाँदी पनि प्रतितोला १० रुपियाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ५ सय ३५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया