मंगलबार ४ सय रुपैयाँले घट्यो सुनको मुल्य

काठमाडौं। नेपाली बजारमा सोमबार नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (मंगलबार) भने घटेको छ । सोमबार प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ३१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा १ लाख ३० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया