बैठक सकियो तर नेतृत्वको टुङ्गो लागेन

सुर्खेत। कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माको निवासमा शिर्ष नेताहरूविच बैठक सकिएको छ । बैठक सकिए पनि अझै कुन दलले नेतृत्व गर्ने भन्ने कुराको टुङ्गो भने लागेको छैन ।

बैठमा माओवादीका कर्णाली ईन्चार्ज कालिबहादुर मल्ल, माओवादीकै प्रभावशाली नेता महेन्द्रबहादुर शाही र मुख्यमन्त्री राजकुमार शर्मासमेत सहभागी थिए । कर्णालीको नेतृत्व एमालेलाई दिने केन्द्रमा सहमति भएपछि देखिएको विवाद समाधान गर्न दुवै पक्षका नेताविच छलफल भएको हो ।

माओवादी प्रदेश इन्चार्ज कालिबहादुर मल्ल, मुख्यमन्त्री शर्मा निवासमै रहँदा अहिले माओवादी प्रदेश अध्यक्ष विमला केसी बैठकमा सहभागी भएकी छिन् ।

मुख्यमन्त्री शर्माले आज विश्वासका मत लिन यसअघि नै पत्र संसद सचिवालयमा दर्ता गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया