नेपाल प्रेस युनियन सुर्खेतले पत्रकार महासंघ सुर्खेतलाई बुझायाे ज्ञापनपत्र

सुर्खेत । नेपाल प्रेस युनियन सुर्खेतले नेपाल पत्रकार महासंघ सुर्खेतलाई ज्ञापनपत्र बुझाएको छ । शाखालाई सदस्ताको टुङ्गो नलाग्दा सम्म अधिवेशको मिति नतोक्न माग गर्दै ध्यानाकर्षण गराएको हो ।

श्रमजीवी पत्रकारहरुको साझा संस्था महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियान तथा नयाँ सदस्यताको विषय किनारा नलाग्दासम्म अधिबेशन नगर्न आग्रह गरेको हो ।

प्रेस युनियन सुर्खेतका अध्यक्ष मधुवन बिसीले महासंघ जिल्ला अध्यक्ष ललितलाई ज्ञापन पत्र बुझाउँदै सदस्यता टुङ्गो नलगाइ जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेकोमा आपत्ति जनाएको छ ।

सदस्यता र मतदाता नामालीको टुङ्गो लगाएर मात्र जिल्ला अधिवेशन तोक्न आग्रह अध्यक्ष विसीले आग्रह गरे । जवाफमा महासंघ अध्यक्ष बसेलले सदस्यताको यकिन गरेर मात्र अधिवेशनको मिति तोक्ने बताए ।

सदस्यता यकिन नगरी अधिवेशन गर्नु उपर्युक्त नहुने निष्कर्ष सहितको पत्र युनियनले बुझाएको हो । जिल्ला अध्यक्ष विसी सहित, प्रेस युनियनका कोषाध्यक्ष टेकराज केसी, सदस्य नवीन सुवेदी, महासंघ जिल्ला सचिव ललित बुढा र कोषाध्यक्ष ललित गाहा लगायतको सहभागीता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया