सुर्खेत। पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत ‘ड्रलिङ’ मेसिनको सामाग्री बाेकेकाे एउटा ट्रक दुर्घटनामा परेकाे छ।
ट्रक कर्णाली राजमार्गको पाली भन्ने ठाउँमा दुर्घटना भएकाे हाे । यद्यपि चालकलाई भने केही नभएको दुल्लु प्रहरीले जनाएकाे छ।
चिनबाट आएका ठुला र गरुङ्गाे मेसिनरी सामानहरु नेपालगञ्ज, सुर्खेत हुँदै कर्णाली राजमार्ग हुदै भैरवी गाउँपालिकाकाे जलजले लगिँदै छन् । तर ठुला र लामा ट्रकका लागि कर्णाली राजमार्ग साँघुरो हुँदा समस्या भएकाे छ। जसका कारण आज एउटा ट्रक पल्टिएको दुल्लु प्रहरीले जनाएकाे छ।

नेपालीरैबार । २०८० चैत्र २१, बुधबार