लगातार उकालो लाग्दै सुनको मुल्य

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलाको १ लाख ३६ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ३५ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । यो नेपाली बजारमा अहिलेसम्मको सुनको उच्च मूल्य हो ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ३४ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर १६ सय ८५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १६ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया