काठमाडौं। नेपाली बजारमा बुधबार पनि सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँले बढेको छ ।
मङ्गलबार प्रतितोला एक लाख ३६ हजार तीन सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने एक लाख ३६ हजार आठ सय रूपैयाँमा कायम भएको छ । तेजावी सुन सोमबार प्रतितोला एक लाख ३५ हजार छ सय ५० मा कारोबार भएकोमा महासङ्घले आजका लागि भने एक लाख ३६ हजार एक सय ५० मा कायम भएको छ ।
बुधबार चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा १५ रूपैयाँले बढेर एक हजार सात सयमा कायम भएको महासंघले जनाएको छ ।

नेपालीरैबार । २०८० चैत्र २८, बुधबार