नेपाली रैबारकर्मी सुवेदी सहित ८ जना पत्रकार सम्मानित

सुर्खेत । पत्रकार महासंघ सुर्खेत शाखाले वर्षेनी वितरण गर्दै आएको युवा पत्रकारिता पुरस्कार- २०८१ बाट नेपाली रैबारका कार्यकारी सम्पादक नविन सुवेदी सम्मानित भएका छन् ।

शनिवार महासंघ शाखा सुर्खेतको १२ औं अधिवेशन तथा साधारणसभाका अवसरमा कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले नगद र प्रमाणपत्रसहित सम्मान गरेका हुन् ।

सुवेदीसहित अन्य  सात  जना पत्रकार पुस्कृत भएका छन्  ।  जसमा वर्ष पुरस्कारमा कान्तिपुर टेलिभिजनका कर्णाली प्रमुख कमल पन्त, क्रियाशिल पत्रकारिता पुरस्कार शिलापत्र डटकमका ओम शाही, खानेपानी तथा सरसफाई पुरस्कार पहिलो प्रेस डटकमका शेरबहादुर थापा र सत्य पत्रिका डटकमका चन्द्रा कँडेल र स्व. नन्दु गेलाङ्ग पत्रकारिता पुरस्कारबाट रेडियो भेरीकी डिलु रावत पुरस्कृत भएकी छन् ।

यस्तै, महासंघले प्रदान गर्दै आएको शान्ति तथा विकास पत्रकारिता पुरस्कारबाट नयाँ पत्रिका दैनिकका रमेश रावल र स्काई न्यूज दैनिकका आकाशतारा बयक पुरस्कृत भएका छन् ।

तपाईको प्रतिक्रिया